Intro
त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
हे, त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
हे, राफ्टिङ बिसाउने, हे, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
Chorus
मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
Verse 1
ए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
ए, भन्छन्, "चखेवाझैँ माया लाए छुट्दै छुट्दैन"
ए, भन्छन्, "सिकारीको निशानाले छोड्दै छोड्दैन"
ए, भन्छन्, "चखेवाझैँ माया लाए छुट्दै छुट्दैन"
ए, भन्छन्, "बिहानीको माछापुच्छ्रे हिमाल खुलेको"
ए, भन्छन्, "पिरतीको फूलै राम्रो मनमा फुलेको"
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने, हे
Verse 2
ए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
ए, भन्छन्, "मायालुलाई यो कुरा त साह्रै प्यारो छ"
ए, भन्छन्, "मायाजालमा परेपछि छुट्नै गाह्रो छ"
ए, भन्छन्, "मायालुलाई यो कुरा त साह्रै प्यारो छ"
ए, भन्छन्, "माया भन्ने रोगै यस्तो, सबलाई सताउँछ"
ए, भन्छन्, "कहिले रुवाउँछ यो मायाले, कहिले हँसाउँछ"
Chorus
ए, मर्स्याङ्दी बगेर नारायणीमा झरेछ
पहिलो-पहिलो मायाले यो छाती पोलेछ
ए, राफ्टिङ बिसाउने, ए, राफ्टिङ बिसाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
पापी आँखा, हेर न, कस्तरी डुलाउने
Outro
त्रिशूली बगेर मर्स्याङ्दीमा झरेछ
तिम्रो माया, लौ, मलाई रक्सीझैँ चढेछ
ए, राफ्टिङ बिसाउने, हे, राफ्टिङ बिसाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
ए, पापी आँखा, हेर न, कस्तरी डुलाउने
हे, बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने
ओ, पापी आँखा, हेर न, कस्तरी डुलाउने
हे, बारुले कम्मर, हेर न, कस्तरी हल्लाउने