Strumming Pattern: Dd Uu D DduVerse 1थाहा थिएन यति टाढा ल्याउँछ जीवनलेथाहा थिएन यति धेरै आउँछ भनी तिम्रो यादआज छुन, चुम्न मन लाग्छ त्यो ओठतर टाढा धेरै छ तिम्रो सहरआज घुम्न, रम्न मन लाग्छ हात समाईतर बाध्यतामा छु म यहाँ एक्लैChorusगन्दै छु म दिन र रातआसैआसमा फेरि हुने साथरम्छ मन, सोच्छु जबमेरो काँधमा तिम्रो सिरपाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रोVerse 2कहिलेकाहीँ डराउँछु सोची गुमाउँछु कि तिमीलाईतर नजिक छ नि हाम्रो मन, टाढा भए नि हामी दुवैतिमी सुन, बुझ, फर्की आउनेछ त्यो समयजब फूल फुल्नेछ ल्याई खुशीजसरी भए नि आउनेछु म तिमी कहाँतिमी मात्र नआत्तिई कुरिदेऊ हैChorusगन्दै छु म दिन र रातआसैआसमा फेरि हुने साथरम्छ मन, सोच्छु जबमेरो काँधमा तिम्रो सिरपाउँछु घर त्यो न्यानो अँगालोमा तिम्रो