Chordyes

Andho

Lirik Lagu Andho oleh Gopal Yonjan

Chorus कहाँ पर्यो पुरिव हो कता झुल्क्यो घाम आफ्नो त जन्मै अन्धो बैरागी राम Verse 1 झरे जस्तो लाग्छ आफू तल तलै साथी हुन्न केही भन्छन् सबै नपुगी त माथि माथि जाने बाटो छैन समाउने लाठो छैन आफूलाई त दिउँसै पनि लाग्छ सधैं राति लाग्छ सधैं राति आफ्नै चित्त बुझाउन म त भन्छु साथी आँखा भाको अन्धो भन्दा नदेखेकै जाती Verse 2 सुन्छु अब कोही भोका नाङ्गा हुन्न रे न्यानो घामबाट कोही टाढा हुन्न रे कस्तो लाग्यो बादलु यो केले छेक्यो घाम घरै डढाई ताप्दा पनि तातो हुन्न आङ तातो हुन्न आङ सुन्छु सधैं खुल्ला हुन्छन् इश्वरका ढोका मन्दिर कै बाहिर मर्छन् भोका र निमुखा Chorus कहाँ पर्यो पुरिव हो कता झुल्क्यो घाम आफ्नो त जन्मै अन्धो बैरागी राम