Lyrics & Music: Gopal Yonjan
Vocal: Narayan Gopal
Intro
मेरो गीत मेरै प्रतिविम्व हैन
जो फुटी जाने हैन जो टूटी जाने हैन
Refrain
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
Verse 1
केहि गुनगुनाउछु धेरै शान्ति पाउँछु
त्यहि शान्ति बाँड्न यहाँ गीत सुनाउछु
म ल्याउछु सागरबाट अन्जुलिमा पानी
एक एक बुन्दले सबको प्यास मेट्न खोज्छु
सबैलाई रिझाउने मेरो गीत हैन
तिमीले नसुन्दैमा गीत मर्ने हैन
Refrain
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
Verse 2
गीत चोरि ल्याएँ सागरबाट
आकाशको निलो गहिराइबाट
सुनी हेर सबमा गीतको मुहान छ
यहाँ जिउंदोलाई सास फेर्न जहितहि हावा छ
मेरो गीत भन्ने अधिकार छैन
गीतको पो म हुं मेरो गीत हैन
Refrain
आकाश जस्तो अमर गीत मेरा
म जस्तो दुई दिनको पाहुना हैन
Outro
मेरो गीत मेरै प्रतिविम्व हैन